अनलाईनमा मोबाइल बिक्रिको विज्ञापन राखेर ठगी धन्दा चलाउनेमाथि प्रहरीको कारवाही

अनलाईनमा मोबाइल बिक्रिको विज्ञापन राखेर ठगी धन्दा चलाउनेमाथि प्रहरीको कारवाही

अनलाइनमा मोबाइल बिक्रीको नक्कली विज्ञापन राखेर ठगि धन्दा चलाइरहेका एक जना समातिएका छन् । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबरजस्ता विभिन्न सामाजिक सञ्जालमा मोबाइल बिक्रीको विज्ञापन राखेर ठगी गरेको अभियोगमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पस चोक घर भई हाल काठमाडौंको डिल्लीबजार बस्दै आएका १९ वर्षीय आदित्य कर्ण रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्न मोडेलका आईफोन तथा मोबाइल सेटहरुको विज्ञापन गरी ह्वाट्सएप नम्बर र सम्पर्क नम्बर राख्ने गरेका थिए । प्रहरीका अनुसार कर्णले सम्पर्कमा आएका ग्राहकलाई आफ्नो घर पोखरा, चितवनलगायतका स्थान बताएर कुरियरमार्फत मोबाइल डेलिभरी गरिदिने भन्दै पैसा उठाउने गरेका थिए । 

१५ जनाबाट चार लाख ८५ हजार रुपैयाँ लिएका उनले मोबाइल डेलिभरी नगरिदिएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । आज पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

टिप्पणीहरू