धादिङको गल्छीमा धारिलो हतियार प्रहार,युवकको हत्यारा फरार

धादिङको गल्छीमा धारिलो हतियार प्रहार,युवकको हत्यारा फरार

धादिङको गल्छी गाउँपालिका वडा नम्बर बैरेनीका विनोद थापा मगरको गए राती हत्या भएको छ। 

सामान्य विवादका कारण चक्कु प्रहार गरी घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।  

बुधबार राती करिब १२ बजे होटलमा सामान्य भनाभन भएको र त्यसैको विवाद चुलिएपछि होटल सन्चालकको छोराले चक्कु प्रहार गरेको बताइएको छ । 

छानविनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनालाई लिएर अहिले गल्छी- नुवाकोट-त्रिशुली सडक खण्ड स्थानीय र पीडित पक्षले अवरुध्द पारेका छन् ।

टिप्पणीहरू