गणतन्त्र चोकबाट ब्राउनसुगरसहित युवक पक्राउ

गणतन्त्र चोकबाट ब्राउनसुगरसहित युवक पक्राउ

झापाको दमकमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । दमक नगरपालिका–९ का २२ वर्षीय सविन सुनाम समातिएका हुन् । 

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका–५ गणतन्त्र चोकबाट उनलाई १ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित हिजो दिउँसो नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू