सिन्धुपाल्चोकमा चार महिनामा ४० आत्महत्या

सिन्धुपाल्चोकमा चार महिनामा ४० आत्महत्या

सिन्धुपाल्चोक जिल्लामा आत्महत्या गर्नेको संख्या एकाएक बढेको छ । पछिल्लो चार महिनामा जिल्लामा ४० जनाले आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या गर्नेमा सबैभन्दा धेरैजसो पुरुष रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार यो अवधिमा २० जना पुरुष, १५ जना महिला, तीन बालिका र दुई बालकले आत्महत्या गरेका छन् । 

बढ्दो आर्थिक मन्दी र घरेलु हिंसाका कारण आत्महत्या गर्नेको दर बढेको प्रहरी उपरीक्षक बालनरसिंह राणा बताउँछन् । आत्महत्या गर्ने अधिकांश वृद्धवृद्धा हुन् ।

आत्महत्याको दर बढिरहेको समयमा घरेलु हिंसाको घटनामा एकाएक कमी आएको उनको भनाइ छ । चार महिनामा २१ वटा घरेलु हिंसाका उजुरी परेका छन् । 

त्यस्तै, ट्राफिक नियम पालना नगर्ने सवारी साधनबाट ४४ लाख २० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी उपरीक्षक राणाले जानकारी दिए । 

उनका अनुसार सो अवधिमा प्रहरीले ३१ फरार अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुबाट ६७ लाख ७२ हजार ४०९ रुपैयाँ जरिवाना असुली भएको छ ।

टिप्पणीहरू