कान्तिपुरको अवस्था डाँवाडोल, डुब्ने सम्भावना बढेपछि धर्ना शुरु
मीनभवनस्थित कान्तिपुर सहकारी संस्थाले बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरु आन्दोलित भएका छन् । कुनैबेला निकै चर्चा कमाएको कान्तिपुर सहकारीको अवस्था अहिले धराशायी भएको आन्दोलनरत बचतकर्ताको भनाइ छ ।
अध्यक्ष हिमालय ठकुरीलगायत सञ्चालक समितिका अधिकांश सदस्यहरु बचतकर्ताको बचत रकम हिनामिना गरेर फरार भएको खबर फैलिएपछि आज झण्डै एक सय जना बचतकर्ताले संस्थाको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
आज कोटेश्वर,काँडाघारी, बानेश्वरलगायतका क्षेत्रका बचतकर्ता सहभागी भएको र भोलिदेखि अन्य क्षेत्रका सयौं धर्नामा सहभागी हुने बताएका छन् । दुई महिनाअघि रकम हिनामिना नभएको भन्दै बचत रकम फिर्ता गर्न सञ्चालक समितिका सचिवले सहमति जनाए पनि आजसम्म सुको नपाएपछि उनीहरु आन्दोलित भएका हुन् ।
टिप्पणीहरू