भारतीय मोटरसाइकल एउटामा लाखौं रुपैयाँ, अर्कोमा गाँजा

भारतीय मोटरसाइकल एउटामा लाखौं रुपैयाँ, अर्कोमा गाँजा

सशस्त्र प्रहरी बलले भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ र गाँजा फेला पारेको छ । सर्लाहीको मलंगवा नगरपालिका ८, भन्सार इलाकाबाट सशस्त्रले स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित उक्त मोटरसाइकल  नियन्त्रणमा लिएको जनाएको छ ।

बिआर ३० एन ३५९० नम्बरको मोटरसाइकलमा भारतबाट एक हजार रुपैयाँको सात सय थान र पाँच सय रुपैयाँको दुई सय थान नेपाली रुपैयाँ हालेर ल्याएको बताइएको छ । रकम र मोटरसाइकललाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले नियन्त्रणमा लिएको   हो ।

उक्त रकम र मोटरसाइकल आवश्यक कारबाहीको निम्ति सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

यसैगरी ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाइकललाई पनि सशस्त्र प्रहरीलेनियन्त्रणमा लिएको छ । बिआर ३० डी ५८८५ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरिएको ४ पोका गाँजा बिओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देखेपछि दुबै मोटरसाइकलका चालक त्यहाँबाट फरार भएका हुन् । गाँजा र मोटरसाइकल आवश्यक कारबाहीको निम्ति प्रहरीमा बुझाइएको छ ।
 

टिप्पणीहरू