जुवाको खालमा पुलिसको छापा, छ जुवाडे समातिए

जुवाको खालमा पुलिसको छापा, छ जुवाडे समातिए

काठमाडौँको गोकर्णेश्वरमा छ जना जुवाडे खालबाटै समातिएका छन् । 

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका ज्ञानहरी लामाको घरमा जुवा खेलिरहेको अवस्थामा दोलखामा ५० वर्षीय निमा शेर्पासहित छ जनालाई प्रहरीले पक्रेको हो । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट ८६ हजार ३ सय ५० रुपैयाँ नगद र ३ बुक ताससमेत बरामद गरेको छ ।
 

टिप्पणीहरू