हेटौंडामा ६ करोडको ब्राण्डेड जुत्ता बरामद

हेटौंडामा ६ करोडको ब्राण्डेड जुत्ता बरामद

सशस्त्र प्रहरी बलले अवैध रुपमा भित्र्याइएको करोडौंको ब्राण्डेड कम्पनीका जुत्ता हेटौंडामा बरामद गरेको छ । ती जुत्ता बोकेका तीन वटा ट्रक पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
हेटौडा उपमहानगरपलिका १५ को पूर्व–पश्चिम लोकमार्गबाट एडिडास सुपरस्टार जुत्ता बोकेका तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रचलित मूल्यअनुसार अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसाले हुने आउने ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना. ३ ख ७४५०, ना. ३ ख ७६५८ र ना. ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा हालिएको एडिडास सुपरस्टार जुत्ताको बिल बिजक शंकास्पद रहेको पाइएपछि नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको बताइएको छ ।

ती जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा बुझाइएको छ ।

टिप्पणीहरू