बिचौलियाद्वारा सर्वसाधारण ठग्ने क्रम जारी, कतारको प्रलोभनमा ६९ लाख झ्वाँम

बिचौलियाद्वारा सर्वसाधारण ठग्ने क्रम जारी, कतारको प्रलोभनमा ६९ लाख झ्वाँम

कतारमा आकर्षक जागिर लगाइदिने नाममा ठग्दै आएका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका रुद्रबहादुर लिम्बु समातिएका हुन् । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले धुम्बाराहीबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ । 

ताप्लेजुङ घर भई हाल काठमाडौँको थापागाउँ बस्दै आएका ४९ वर्षीय लिम्बूले वैदेशिक रोजगारीमा कतार पठाइदिने र त्यहाँ पुगेपछि पुलिसको जागिर मिलाइदिने भन्दै ठगेका हुन् । कतार जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी ६९ लाख उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

आफूहरु ठगिएको थाहा पाएपछि उनीहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनी हिजो पक्राउ परेको बताइन्छ । थप अनुसन्धान तथा कारबाहीको निम्ति लिम्बूलाई विभाग पठाइएको छ ।
 

टिप्पणीहरू