बालकृष्ण खाँण थप चार दिन हिरासतमै रहने

बालकृष्ण खाँण थप चार दिन हिरासतमै रहने

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थप चार दिन हिरासतमा रहने भएका छन् । 

गत बिहीबार पक्राउ परेका खाँणमाथि अनुसन्धान नसकिएकाले प्रहरीले चार दिन म्याद थप गरेपछि कम्तिमा त्यतिञ्जेल उनी हिरासतमा बस्नुपर्ने भएको हो । प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट आज चार दिन हिरासतमा राख्ने अनुमति पाएको हो । 

यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।  

सर्वसाधारण नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नता खुलेको छ । यस प्रकरणमा खाँण, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे,  एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिपसहित १२ जना पक्राउ परेका छन् । 

उनीहरु सबैलाई आज चार दिनको म्याद थप गरिएको छ ।

टिप्पणीहरू