विदेशमा पुलिसको जागिर लगाइदिने नाममा लाखौँ ठगी

विदेशमा पुलिसको जागिर लगाइदिने नाममा लाखौँ ठगी

वैदेशिक रोजगारीका लागि कतार पठाइदिने शर्तमा सर्वसाधारणसँग लाखौँ असुलेर भाग्ने एकजना दलाल प्रहरीको फेला परेको छ । 

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई हाल काठमाडौंको थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बूले कतारमा आकर्षक जागिरको प्रलोभन पारेर ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार लिम्बुले कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए । १ लाख भन्दा बढी तलव हुने विश्वास दिलाई उनीहरूबाट पटक–पटक गरी ६९ लाख रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेका थिए ।

प्रहरीले उनलाई धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

टिप्पणीहरू