एमसिसीवाला अमेरिकी टोली सिंहदरवारमा

एमसिसीवाला अमेरिकी टोली सिंहदरवारमा

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री शक्तिबहादुर बस्नेत र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । 

ब्रुक्स नेतृत्वको टोली मन्त्री बस्नेतसंग बातचित गर्न बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिन्चाइ मन्त्रालय पुगेको हो । बिहान १० बजेदेखि शुरु भएको भेटवार्ता जारी छ । एमसीसी परियोजनाको सिलसिलामा नेपाल आएको टोलीले अस्ति बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग पनि भेटवार्ता गरेको थियो । 

त्यस्तै, टोलीमा रहेका अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरुले हिजो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग छलफल गरेका थिए ।

टिप्पणीहरू