रवि लामिछानेका प्रवक्तालाई हाँस्य कलाकारको प्रश्न : के तपाईं लेटेस्ट प्रो म्याक्स भ्रष्ट हो ?

रवि लामिछानेका प्रवक्तालाई हाँस्य कलाकारको प्रश्न : के तपाईं लेटेस्ट प्रो म्याक्स भ्रष्ट हो ?

'जान्नेलाई छान्ने' पार्टीका सभापतिसँग चुनाव उठ्न नेपाली नागरिकता चाहिन्छ भन्ने न्युनतम ज्ञान नहुँदा राज्यको ढुकुटीबाट करोडौँ खर्चिएर चितवन-२ मा उपनिर्वाचन गर्नुपर्यो । अहिले सोही पार्टीका प्रवक्ता मुकुल ढकालले आफूमाथि लागेको भ्रष्टाचारको आरोप पखाल्न मिडियाविरुद्ध उत्रिएपछि धेरैमान्छे आश्चर्यमा परेका छन् ।  

स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै रकमका लागि मेडिकल बिचौलिया दुर्गा प्रसाईं मार्सीसँग याचना गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट हालै निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले ढकाललाई पैसा खुवाएको बताएका थिए । त्यसैमा टेकेर मिडियाहरुले समाचार लेखेका थिए । त्यसपछि आक्रोशित भएका ढकालले मिडियाविरुद्ध मानहानीको मुद्दा हाल्ने धम्कीपूर्ण चेतावनी दिए । 

ढाकाको आरोपको तथ्यपूर्ण खण्डन गर्नुपर्नेमा उल्टै मिडियाविरुद्ध जाइलागेपछि 'जान्नेलाई छान्ने पार्टी' कै समर्थकहरु समेत कस्ता नजान्ने महामन्त्री परेछन् भनेर अचम्मित भएका छन् । एकजना हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले त उनलाई 'आशालाग्दो भाइ बक्लोल निस्कियो' भनी टिप्पणी गरे । 

आज सामाजिक सञ्जालमा टिप्पणी लेख्दै पोखरेलले भनेका छन्, 'तपाईं  पनि लास्टै काँचो देखिनुभयो । "आश लाग्दो भाइ बक्लोल निस्कियो ।" सबै भ्रष्टाचारीले मानहानीको मुद्दा ठोक्न थाल्यो भने यो देशमा भ्रष्टहरु मात्रै बाँकी रहन्छन् भन्दै कटाक्ष गरेका कलाकार पोखरेलले अगाडि भनेका छन्,

'भ्रष्टाचारका घटनामा प्रमाणित गरेर मात्र समाचार लेख्नुपर्ने हो भने एउटा पनि समाचार आउँदैन ।'

ढकालको अभिव्यक्तिले उनी भ्रष्ट ठहर भएको पनि कलाकार पोखरेलको दावी छ । हिजो लेखेको ढकालको फेसबुक पोष्ट शेयर गर्दै उनले भनेका छन्, 'कम्तिमा यो पोष्टले चिच्याएर भन्छ "तपाईं  भ्रष्ट हो ।"

 
भ्रष्टाचारको केशमा आरोपितले भ्रष्टाचार नगरेको पुष्टि  गर्नुपर्नेमा उल्टै समाचार लेख्नेलाई उल्टो मुद्दा ठोक्छु भनेर ढकालले पुराना पार्टी र नेताहरुले समेत अहिलेसम्म नगरेको काम गरेको बताएका कलाकार पोखरेलको प्रश्न छ, 'के तपाईं लेटेस्ट प्रो म्याक्स भ्रष्ट हो ? उम्रिदैको तिन पाते ।' स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मेन्सन गर्दै उनले यो विषयलाई  गम्भिरताका साथ हेर्नु सुझाव पनि दिएका छन् ।

यसअघि ढकालले आफू र उपसभापति डिपी अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनी लेखिएको समाचार आफ्नो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन गरिएको प्रपन्च भनेका थिए । त्यसविरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ता गर्ने चेतावनी उनले दिएका थिए। 

आरोप लगाइएको रकम बराबर नै क्षेतीपूर्ति माग दावी गर्ने र र प्राप्त रकम रास्कोट अस्पताललाई दिनेसमेत उनले बताएका थिए । तर, रास्कोट अस्पताल बनाउँदा ऋण लागेको भनि ढकालले स्वास्थ्य मन्त्रालयबाट लगेको करोडौँ रकमबारे समेत प्रश्न उठ्ने गरेको छ ।

टिप्पणीहरू