सर्लाहीका रामविश्राम जाली नोटसहित वीरगञ्जमा फेला

सर्लाहीका रामविश्राम जाली नोटसहित वीरगञ्जमा फेला

पर्सामा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-.५ रामजानकी टोलका ३० वर्षीय रामविश्राम महतोलाई प्रहरीले नक्कली नोटसहित समातेको हो । 

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले महतोलाई वीरगञ्ज महानगरपालिका-१६ नगवा चोकबाट ३८ थान नक्कली नेपाली नोटसहित गएराति नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीका अनुसार उनको साथबाट एक हजार दरका ८ थान र ५ सय दरका ३० थान गरी जम्मा ३८ थान नक्कली नोट बरामद गरिएको छ । 

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू