राष्ट्रपतिकाे घुँडाको एक्स–रे गरियो

राष्ट्रपतिकाे घुँडाको एक्स–रे गरियो

राष्ट्रपति रामचन्द्र पौडेलको घुँडाको एक्स–रे गरिएको छ । उहाँको घुँडामा समस्या देखिएपछि आज एक्स–रे गरिएको बताइएको छ । 

उहाँको घुँडाको एक्स–रे राष्ट्रपति कार्यालय नजिकैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा आज दिउँसो गरिएको हो । उहाँलाई पछिल्लो दिनमा घुँडाको समस्याले दुःख दिएको बताइन्छ ।

यसअघि गत बैशाख पहिलो साता उहाँ छाती र पिसाब सम्बन्धी समस्याका कारण नयाँ दिल्ली पुगेर उपचार गर्नुभएको थियो । १२ दिनको उपचारपछि राष्ट्रपति वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।

टिप्पणीहरू