चीनको यल्लो रिभरमाथि कार उड्यो

चीनको यल्लो रिभरमाथि कार उड्यो

चीनले उड्ने कारको सफल परीक्षण गरेको छ । चीनको विद्युतीय मोटर कम्पनीले बनाएको उक्त कारको परीक्षण यल्लो रिभर भनिने चीनको दोस्रो लामो पहेँलो नदीमाथि गरिएको हो ।

चिनियाँ सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार यस्ता कारको व्यावसायिक उत्पादन र बिक्री सन् २०२६ भित्र भइसक्ने छ । एरोफुगिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुओ लिआङले भने, ‘यो सवारी साधनको विकासमा एउटा अर्को क्रान्ति हो ।’

उड्ने कारलाई इलेक्ट्कि भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ ‘इभ्टोल’ भनिन्छ । यो हेलिकोप्टर, ड्रोन, साना विमान र कारको सम्मिश्रणबाट बनाइएको हो ।

विश्व बजारमा सन् २०४० सम्म यस्ता कारको बिक्री १० खर्ब अमेरिकी डलर बराबरको हुने अनुमान छ । त्यसको एक दशकपछि सन् २०५० सम्ममा ९० खर्ब अमेरिकी डलरको कारोबार हुने छ । त्यति बेलासम्म बजारमा चीनको हिस्सा २३ प्रतिशत र अमेरिकाको २७ प्रतिशत हुने बताइएको छ ।

भिडियो : सिन्ह्वा

टिप्पणीहरू