प्रहरीलाई ‘जँड्याहा’ भनेर लेख्ने पत्रकार आफैँ मापसेमा पक्राउ
पत्रकार दिपकराज जोशी गएराति पक्राउ परेका छन् । फेसबुकमा जथाभावी स्टाटस लेखेको भन्दै प्रहरीले उनलाई समातेर मापसे परीक्षणसमेत गराएको छ ।
उनले हिजो राति बर्दीमा रहेका दुई जना प्रहरी मातेर हिँडेको स्टाटस लेखेका थिए । तर पछि बुझ्दा जोशी आफैँ मातेको पाइएपछि प्रहरीले कीर्तिपुरबाट समातेको हो ।
पक्राउपछि मापसे परीक्षण पुष्टि भएको प्रहरीको दावी छ । ड्युटीमा रहेका प्रहरीले मापसे नगरेको त्यहाँका डिएसपी राजु लामाले बताए । जोशीलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा विद्युतीय ऐनबमोजिम कारवाहीको तयारी भएको बताइन्छ ।
ऐनको दफा ४७ मा लेखिएको छ, ‘सार्वजनिक नैतिकता,शिष्टाचार विरुध्दका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने....’ लाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
टिप्पणीहरू