घुससहित समातिएका मालपोतका खरिदारहरुविरुद्ध मुद्दा दायर
जिल्ला मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाह घुस लिएको रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा आज पक्रेको जानकारी दिएको छ । घुस रकम लिएलगत्तै आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरी जरिवाना र सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू