न्युरोडमा भाइले दाइको हत्या गरे, आमालाई गाली गरेपछि सहन नसकेको हत्याराको भनाई
राजधानीको न्युरोडमा २५ वर्षे भाइले ४५ वर्षे दाइको हत्या गरेका छन् । गएराति मदिरा सेवन गरेर आएका दाइले आमालाई गाली गरेपछि आफूले हथौडा प्रहार गर्दा दाइको ज्यान गएको भाइ सुरज शाक्यले स्वीकारेका छन् ।
न्युरोड नजिकैको ओमबहालका ४५ वर्षीय सूर्य शाक्यमाथि सुरजले धारिलो हतियार र हथौडाले टाउकोमा हानेको प्रहरीले जानकारी दिएको छ । मध्यरातमा उक्त घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले बिहान पक्राउ गरेको हो ।
सुरजलाई पक्रेर प्रहरी वृत्त जनसेवामा राखिएको छ । डिएसपी भेषराज रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
टिप्पणीहरू