एमाले महिला जनप्रतिनिधिको श्रीमानद्वारा हत्या
काभ्रेमा श्रीमानको कुटाइबाट घाइते भएकी एक महिलाको निधन भएको छ ।
नमोबुद्ध नगरपालिका ११ का दलित महिला सदस्य ज्ञानी विकको निधन भएको हो । ४५ वर्षीय ज्ञानीको आज बिहान उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार कुटपिट गरेको खबरपछि मृतक ज्ञानीका ४८ वर्षीय श्रीमान शम्भु विकलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ ।
उक्त घटना सोमबार राति १० बजेतिर भएको हो । कुटपिटबाट ज्ञानीको टाउ र शरीरमा गम्भीर चोट लागेको थियो । श्रीमानको कुटाईबाट ज्यान गुमाएकी ज्ञानी नेकपा एमालेको संगठित सदस्य हुन् ।
टिप्पणीहरू