यौन दुर्व्यवहारमा आरोपित एसएसपी निलम्बित

यौन दुर्व्यवहारमा आरोपित एसएसपी निलम्बित

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० योगबहादुर पाल निलम्बनमा परेका छन् । 

महिला प्रहरीलाई कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले उनलाई आज निलम्बन गरेको बताइएको छ । 

प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुख रहँदा उनले जेठ १९ गते सोही कार्यालयमा काम गर्ने महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनै महिला प्रहरीको उजुरीका आधारमा छानबिन गरेपछि एसएसपीले बदमासी गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो ।

टिप्पणीहरू