मन्त्री,सचिव र सल्लाहकारलाई सदरखोर,अरुलाई जगन्नाथ देवल

मन्त्री,सचिव र सल्लाहकारलाई सदरखोर,अरुलाई जगन्नाथ देवल

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका निम्ति जेल चलानको आदेश पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,र सुरक्षा सल्लाहकार प्रोफेसर डा.इन्द्रजित राईलगायत चार जनालाई अलि बढी सुविधासम्पन्न मानिने सदरखोर डिल्लीबजार चलान गर्न लागिएको छ भने बाँकी १२ जनालाई  केन्द्रीय कारागार जगन्नाथ देवल,सुन्धारा पठाइएको छ । बबरमहलस्थित सिडियो कार्यालयको गेटमा बसेका पत्रकारलाई छलेर १२ जनालाई सिंहदरवारको बाटो जेलतिर कुदाइसकिएको छ ।

पक्राउ परेका १८ जनामध्ये पति हरिभक्त महर्जनको बदमासीका कारण बैंक खाता दुरुपयोगमा परेकी प्रहरी सइ लक्ष्मी महर्जनलाई ५ लाख र रेस्टुरेन्टवाला टंक गुरुङलाई १० लाख धरौटीमा रिहाको आदेश भएको छ । रामबहादुर थापा बादलका छोरा प्रतीक र  इन्द्रजितका छोरा निरज राईसहित बाँकी १२ जना अझै फरार छन् ।

 

टिप्पणीहरू