भुटानी शरणार्थी प्रकरणका सबै जना केन्द्रीय कारागार चलान

भुटानी शरणार्थी प्रकरणका सबै जना केन्द्रीय कारागार चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका निम्ति जेल चलानको आदेश पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,र सुरक्षा सल्लाहकार प्रोफेसर डा.इन्द्रजित राईलगायत सबै १६ जनालाई केन्द्रीय कारागार, जगन्नाथ देवल लगिएको छ ।

यसअघि ‘भीआईपी’ भनिएका चार जनालाई अलि बढी सुविधासम्पन्न मानिने सदरखोर डिल्लीबजार चलान गर्ने तयारी थियो । तर, खोरको निर्माण कार्य जारी रहेकाले स्थान अभावका कारण उनीहरुलाई पनि अन्य १२ जनासँगै केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारा पठाइएको छ । 

यसअघि बबरमहलस्थित सिडिओ कार्यालयको गेटमा बसेका पत्रकारहरुलाई छलेर १२ जनालाई सिंहदरबारको बाटो हुँदै जेलतिर कुदाइएको थियो । पक्राउ परेका १८ जनामध्ये पति हरिभक्त महर्जनको बदमासीका कारण बैंक खाता दुरुपयोगमा परेकी प्रहरी सई लक्ष्मी महर्जनलाई ५ लाख र रेस्टुरेन्टवाला टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहाको आदेश भएको छ । 

रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राईसहित बाँकी १२ जना अझै फरार छन् ।

टिप्पणीहरू