जेल जानुअगाडि अदालतको आदेशमा सबैको ल्याप्चे (२५ पेजको आदेशसहित)
काठमाडौं जिल्ला अदालतले आज कैयौं दिनको थुनछेक बहसपछि २५ पृष्ठको लिखित आदेश दिएको छ । सोहीबमोजिम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलगायत १६ जना केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका छन् ।
आदेशमा सबै अभियुक्तको ल्याप्चेमुन्तिर न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दस्तखत गर्नुभएको छ । आदेशको अन्तिम पृष्ठमा लेखिएको छ, ‘यी प्रतिवादीहरु हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन । निजहरुले नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन गरेको कसूरको गाम्भिर्यता र निजहरुलाई हुनसक्ने सजायसमेतलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दाको रोहमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४१ बमोजिम प्रतिवादीहरुलाई हाल थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न मनासिब आधार रहेको देखिँदा प्रतिवादीहरुलाई संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय जगन्नाथ देवल,काठमाडौंमा कानूनबमोजिम थुनामा राख्न पठाई दिनु ।’
टिप्पणीहरू