चिर्पटले हानेर गोदेको हत्यापछि फरार पासाङ दक्षिणकालीमा भेटिए
ज्यान मार्ने मुद्दामा फरार भएका पासाङ भन्ने पेम सोने शेर्पा डेढ वर्षपछि समातिएका छन् । ओखलढुंगा घर भएका र हाल काठमाडौँँको दक्षिणकाली बस्दै आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
२०७८ कात्तिक २ गते सोलुखुम्बुको बुड गाउँपालिका ५, घर भएका ५३ वर्षीय गोदे भन्ने प्रितीकुमार राईको चिर्पटले हानेर हत्या गरेपछि पासाङ फरार भएका थिए ।
सो घटनाको अनुसन्धानका क्रममा विशेष सुराकीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मोरङको बुढीगंगाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई आवश्यक कानूनी कारबाहीका निम्ति प्रहरी वृत्त कीर्तिपुर पठाइएको जानकारी दिइएको छ ।
टिप्पणीहरू