कतार पठाइदिने नाममा ठगीधन्दा जारी

कतार पठाइदिने नाममा ठगीधन्दा जारी

वैदेशिक रोजगारीमा कतार पठाइदिने प्रलोभनमा ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका बिसु लामा प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको बताइएको छ । 

सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका बिसुले आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि कतार पठाइदिने प्रलोभनमा रकम ठगेको उल्लेख गर्दै पीडितले वैदेशिक रोजगार विभाग गुहारेका थिए । 

अस्ति पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।
 

टिप्पणीहरू