भागेर जहाँ पुगे पनि अन्ततः पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न मिति र समयमा विभिन्न अपराध कसुरमा संलग्न भई फरार अवस्थामा रहेका र अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ गर्ने क्रममा पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अदालतको फैसला कार्यान्वयनको सिलसिलामा असार १ गते र असार ३ गते गरेर पाँच जनालाई पक्राउ गरिएको हो ।
असार १ गते लागु औषध चरेश मुद्धामा फरार रहेका जिल्लाको आठबिसकोट नगरपालिका ३ खदी निवासी ४५ वर्षका कर्णबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उहाँबिरुद्ध अदालतबाट एक वर्ष चार महिना आठ दिन र पाँच हजार जरिवानाको फैसला भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
त्यसैगरी आज आइतबार थप तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका एक जना र सम्बन्ध बिच्छेद मुद्धाका तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका पाँचै जनालाई कैद,जरिवाना असुल उपरको लागि रुकुम जिल्ला अदालतमा पठाईएको प्रहरीको भनाई रहेको छ ।
टिप्पणीहरू