निर्दयी पिताले छोरी र उनका प्रेमीलाई मारेर गोहीलाई खुवाए
भारतमा एक जनाले आफ्नी १८ वर्षीया छोरी र उनका २१ वर्षे प्रेमीको ज्यान लिएका छन् । छोरीले रोजेको युवकसँगको सम्बन्धबारे असन्तुष्ट पिताले उनीहरु दुवै जनाको ज्यान लिएका हुन् ।
छोरी र उनका प्रेमीलाई मारेर तिनका शव गोही भएको नदीमा फालिदिएका थिए । छोरी शिवानी तोमर र युवक राधेश्याम तोमरको शव मध्य प्रदेशको मोरेना जिल्लाको चाम्बाल नदीमा फालिएको प्रहरीको भनाई छ । उक्त नदीमा गोही छाडिएको छ ।
युवक राधेश्यामका पिताले छोरा र अर्को गाउँकी युवती शिवानी हराएको जानकारी प्रहरीलाई दिएपछि उक्त तथ्य खुलेको हो । उजुरीपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट किशोरी र युवकको हत्या गरेर फालिएको निश्कर्ष निस्किएको थियो ।
तर, प्रहरीले तत्काल नदीमा दुई जनाको शव खोजे पनि फेला पार्न सकेको छैन ।
टिप्पणीहरू