तत्कालीन महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा, साढे तीन करोड बिगो दाबी

तत्कालीन महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा, साढे तीन करोड बिगो दाबी

जलस्रोत तथा सिँचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको बताएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार २०५१ चैत ३० देखि २०७९ भदौ ३१ सम्म सरकारी सेवामा रहेका राजभण्डारीले उक्त रकम बराबरको भ्रष्टाचार गरेको निश्कर्ष निकालिएको हो ।

उनको वैधानिक आम्दानी तीन करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ आम्दानी भएपनि कुल सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँको सम्पत्ति र नगद भएको देखिन आएपछि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

टिप्पणीहरू