झापामा घूस रकमसहित सरकारी कर्मचारी पक्राउ

झापामा घूस रकमसहित सरकारी कर्मचारी पक्राउ

झापामा घूस रकम लिँदै गरेको अवस्थामा तीन जना कर्मचारी पक्राउ परेका छन् । ग्रामीण सडक सुधार आयोजना कार्यान्वय इकाइ दमक झापाका कर्मचारीहरु चार लाख रुपैयाँ घूस लिएको आरोपमा समातिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएको टोलीले आयोजना व्यवस्थापकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेकामा व्यवपस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल हुन् । 

उनीहरुले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोग टोलीले पक्रेको हो ।

टिप्पणीहरू