अदालतको गाडी तोडफोड गरेको आरोपमा दुई बोहोरा पक्राउ

अदालतको गाडी तोडफोड गरेको आरोपमा दुई बोहोरा पक्राउ

कैलालीमा सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरेको आरोपमा दिपक बोहोरा र भेष बोहोरा पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । उनीहरूलाई सरकारी गाडी तोडफोड गरेको आरोपमा मालाखेतीबाट पक्राउ गरिएको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी–३,  चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका हुन् ।

टिप्पणीहरू