लागूऔषध मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि जेल चलान
लागूऔषध मुद्दाका फरार प्रतिवादी रन्जित खड्गी समातिएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–७ बस्दै आएका ३० वर्षीय उनलाई प्रहरीले समातेको हो ।
जिल्ला अदालत झापाको २०७८ साल मंसिर १६ को फैसलाले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएपछि खड्गी फरार भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनलाई अस्ति नियन्त्रणमा लिएको हो ।
आज फैसला कार्यान्वयनका निम्ति जिल्ला कारागार झापा लगिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू