श्रीमानले टाउकोमा चिर्पटले हान्दा श्रीमती ठहरै

श्रीमानले टाउकोमा चिर्पटले हान्दा श्रीमती ठहरै

आफ्रनै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । श्रीमती हत्याको अभियोगमा ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ पक्राउ परेका हुन् । 

चाम्लिङले श्रीमती निशा राईलाई चिर्पटले हानेर हत्या गरेको जाहेरी परेपछि अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

आज बिहान लक्ष्मणले भान्सा कोठामा दाउराको चिर्पटले टाउकोमा हान्दा निशाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू