मेडिकल काउन्सिलको किर्ते लोगो बनाएका युवक प्रहरी खोरमा
नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना समातिएका छन् ।
स्वीकृति बिना काउन्सिलको लोगो, नाम तथा प्रश्नपत्रको ढाँचा प्रयोग गरेको आरोपमा प्रहरीले उनीहरुलाई समातेको हो । पक्राउ पर्नेमा कास्की घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय नवीन पौडेल र आशिष अधिकारी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
टिप्पणीहरू