ठगीको नयाँ काइदा : सस्तोमा हार्डवेयर सामानको प्रलोभन

ठगीको नयाँ काइदा : सस्तोमा हार्डवेयर सामानको प्रलोभन

सामाजिक सञ्जालमार्फत रकम ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । प्युठानको तोरवाङग गाउँपालिका ६ का ४२ वर्षीय गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोखरेल समातिएका छन् । 

उनी एक दर्जनभन्दा बढी विभिन्न ठगी कसुरमा संलग्न रहेको खुलेको छ । प्रहरीका अनुसार उनले सामाजिक सञ्जालको प्रयोग गरेर गौमुखी ग्रुप अफ इन्ड्रष्टिज र बागमती सप्लायर्स कम्पनी समेतको विज्ञापन गर्दै आएका थिए । 

विज्ञापनमा हार्डवेयरका सामान सस्तोमा डेलिभरी गर्ने आश्वासनमा पीडितलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई उनी फरार भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई राजधानीको रामशाहपथबाट नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू