मुस्लिम देशतिर किन ओसार्नु परेको होला चरेश ?
काठमाडौंबाट कलकत्ता हुँदै ओमान जान लागेका एक जना यात्रुको झोलामा चरेश फेला परेको छ । झापा, भद्रपुरका २६ वर्षे सुमन लिम्बूको ब्यागेजबाट साढे ५ केजी चरेश भेटिएको बताइएको छ ।
एअर इण्डियाको उडान नम्बर एआई २४८ बाट कलकत्ता हुँदै ओमानको राजधानी मस्कट जान लागेका लिम्बूको ब्यागेज चेक गर्ने क्रममा उक्त परिमाणको चरेश फेला परेको हो ।
प्रहरीले निजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।
टिप्पणीहरू