पर्सा राष्ट्रिय निकुन्जको कोर एरियामै ‘गैँडा शिकार’

पर्सा राष्ट्रिय निकुन्जको कोर एरियामै ‘गैँडा शिकार’

निकुन्जका कर्मचारी र नेपाली सेनाबाहेक अन्य व्यक्तिको प्रवेश निषेध रहने पर्सा राष्ट्रिय निकुन्जको ‘कोर एरिया’ मै गैँडाको शिकार भएको छ । 

करिब दुई साताअघि नै गैँडाको शिकार भएर खाग चोरी हुँदासमेत निकुन्जले थाहा नपाएको पाइएको छ । स्रोतका अनुसार पुरानो रमौली बस्तीको चुरे क्षेत्रमा पर्ने भालुखोलाको मुहानमा गैँडाको शिकार भएको छ । 

समाचार स्रोतले दिएको जानकारीअनुसार निकुन्ज र नेपाली सेनाको अनुमति र निगरानीमा पानीको मुहान मर्मत गर्न गएका स्थानीय बासिन्दाले गैँडा मरेको देखेपछि बल्ल निकुन्जको टोलीले थाहा पाएको थियो । घटनाबारे बिस्तृत बिवरण आएको छैन,तर गएराति नै निकुन्जको टोली डाक्टरसहितको टोली लगेर गैँडाको पोष्टमार्टम गरी फर्केको छ । 

‘हामी अनुसन्धानमा नै छौँ,कसरी गैँडाको मृत्यु भयो भन्ने कुराको मसिनो ढंगले अनुसन्धान भइरहेको छ’, पर्सा राष्ट्रिय निकुन्ज स्रोतले भन्यो–‘अहिले अनुसन्धानको चरणमा रहेकाले सबै कुरा भन्न मिल्दैन ।’

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले पनि घटनाको अनुसन्धान जारी रहेको मात्रै प्रतिक्रिया दिनुभयो ।

टिप्पणीहरू