मोटरसाइकलमा चार लाख बढीको अवैध हार्डवेयर सामान
कञ्चनपुरमा मोटरसाइकलमा राखेर ल्याउँदै गरिएको भन्सार छलिएको अवैध हार्डवेयर सामान फेला परेको छ । भीमदत्त नगरपालिका ११, भुजेलाघाटस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बलको टोलीले उक्त सामान बरामद गरेको बताइएको छ ।
सशस्त्रले चार लाख १७ हजार ८२० रुपैयाँ बराबरको भन्सार छलिएको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको हो । प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले हार्डवेयर र किराना सामानसहित म.२ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद सामान र नियन्त्रणमा लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
टिप्पणीहरू