नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले उनलाई आज काठमाडौंको मण्डिखाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाइएको छ । 

२४ वर्षीय आशिष बुढाथोकी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा बुढाथोकी पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये केही रकम उनको खातामा जम्मा भएको देखिएको छ । उक्त प्रकरणमा हालसम्म १९ जना पक्राउ परेका छन् । 

१६ जना पुर्पक्षको निम्ति कारागार चलान भएका छन् भने दुई जना जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटीमा छुटेका हुन् । अझै ११ जना फरार छन् ।

टिप्पणीहरू