भाटभटेनीका सञ्चालक मीनबहादुर प्रहरी हिरासतमा, मालपाेतका चार जना कर्मचारी पनि पक्राउ

भाटभटेनीका सञ्चालक मीनबहादुर प्रहरी हिरासतमा, मालपाेतका चार जना कर्मचारी पनि पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो ।

उनले भूमाफियाहरुसँग मिलेर ललिता निवासको जमिन सस्तोमा किनेर  पछि प्लटिङ गर्दै बेचेका थिए । गुरुङलाई यसअघि विशेष अदालतले दुई करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५० करोड ४७ लाख रुपैयाँको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मीनबहादुर पक्राउ परेपछि मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालगायत कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पनि समातिएका छन् ।

टिप्पणीहरू