ललिता निवास जग्गा काण्डका अर्का आरोपित शाह पक्राउ
बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शाहलाई आज दिउँसो पक्राउ गरेको हो । ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ ।
आजै दिउँसो भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ उनको निवासबाट समातिएका थिए । त्यसपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको थियो ।
टिप्पणीहरू