उपमेयरमाथि हातपातको आरोप लागेका एमाले नेता विमानस्थलमा पक्राउ
युवा संघका केन्द्रीय सदस्य तथा एमाले नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् ।
गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ । उपमेयर महतोको उजुरीको आधारमा हरिलाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी पुर्याइएको छ ।
महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार उपमेयरले दिएको उजुरीउपर छानबिन गरि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।
हरिमाथि यसअघि पनि उपमेयरको कार्यकक्षमा प्रवेश गरी हातपातको प्रयास गरेको आरोप लागेको थियो ।
टिप्पणीहरू