गोडा देखाउन गएकी महिलामाथि पहिले बलात्कार लगत्तै कुटपिट

गोडा देखाउन गएकी महिलामाथि पहिले बलात्कार लगत्तै कुटपिट

कञ्चनपुरमा गोडा जचाउन गएकी महिला मेडिकलमा बलात्कृत भएकी छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको बताइएको छ । 

गोडाको समस्या लिएर उपचार गराउन गएकी स्थानीय महिलालाई भीमदत्त नगरपालिका–७, हल्दुखालका ४६ वर्षीय हरक सिंह महराले आफ्नै मेडिकलमा करणी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई हिजो बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । नेपाली सेनाबाट अवकाश पाएपछि दुई वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू