साउदीस्थित अमेरिकी नियाेगमा गोली प्रहार, नेपाली सुरक्षाकर्मीको निधन
साउदी अरबको जेद्दामा गोली चलेको छ । त्यहाँस्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली हानाहान भएको बताइएको छ । दुर्घटनामा दुई जनाको निधन भएको छ । त्यसमध्ये एक जना आक्रमणकारी र अर्का नेपाली सुरक्षा गार्ड हुन् ।
कारमा हतियारसहित आएका आक्रमणकारीले पहिले नेपाली सुरक्षाकर्मीमाथि प्रहार गरेका थिए । नेपाली सुरक्षा गार्डले प्रतिकार गर्दा दुबै जनाको मृत्यु भएको हो । यसअघि सन् २०१६ मा पनि उक्त वाणिज्य दूतावास बाहिर विष्फोट गराइएको थियो । सन् २००४ मा भएको आक्रमणमा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच जना दुतावासमा काम गर्ने स्थानीय कर्मचारीको मृत्यु भएको थियो ।
टिप्पणीहरू