बम पड्काएर फिरौती माग्नेहरू प्रहरीको फन्दामा

बम पड्काएर फिरौती माग्नेहरू प्रहरीको फन्दामा

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ परेका छन् । 

रुपन्देहीको सियारी गाउँपालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने आपराधिक कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ । 

पक्राउ परेकाहरुबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

टिप्पणीहरू