कोहलपुर बजारमा पाटेबाघको छाला र वन्यजन्तुको हड्डी
बाँकेको कोहलपुरमा पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११, हाम्रो बजारबाट पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित दैलेखका तीन जना प्रहरी हिरासतमा पुगेका हुन् ।
पक्राउ परेकामा ३० वर्षीय सुनिल चुनारा, ४० वर्षीय नवीनकुमार कसेरा र अछामका ३६ वर्षीय टोपेन्द्र शाही हुुन् । लुम्बिनी प्रदेश अनुसन्धान प्रहरी ब्यूरो र इलाका प्रहरी कार्यालय, कोहलपुरबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई हाम्रो बजारस्थित पूर्व परिश्चम राजमार्गबाट हिजो साँझ पक्रेको हो ।
उनीहरुको साथबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डीसमेत गरेर जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डी बरामद गरिएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू