राष्ट्रपतिको घर नजिकै लाखौंको नगद र सुन चोरी
काठमाडौंको बालाजुस्थित एक घरमा गएराति चोरी भएको छ । बोहोराटार हाईटमा भाडामा बस्दै आएका गोरखाका ५४ वर्षीय प्रेमबहादुर गुरुङको निवासमा गए राति चोर छिरेको बताइएको छ ।
उनको कोठाबाट आठ हजार नगद र सुनका विभिन्न गहनासमेत गरेर करिब दुई लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
फरार चोरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । बोहोराटारमा राष्ट्रपति रामचन्द्र पौडेलको घर छ । उहाँको पुर्ख्यौली थलो तनहुँ हो ।
टिप्पणीहरू