बसभित्र सहचालकको शव फेला परेपछि दोलखामा यातायात ठप्प
दोलखाको सदरमुकामबाट सिंगटीतर्फ जाने यातायात बन्द भएको छ । यात्रुवाहक बसमा सहचालकको शव फेला परेपछि आफन्तले सडक अवरुद्ध पारेका हुन् ।
कालिञ्चोक गाउँपालिका–४ बञ्चरेमा बा.२ ख ८३९ नम्बरको बसका सहचालक मृत फेला परेका हुन् । गौरीशंकर गाउँपालिका–३, महताराका ४५ वर्षीय नारायणबहादुर खत्रीको शव पार्किङ गरिएको बसमा शुक्रबार बिहान बसभित्र फेला परेको हो ।
प्रहरीले बसका चालक र कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै चरिकोट–सिंगटी सडक अवरुद्ध पारेका हुन् । शव स्थानीय अस्पतालमा राखिएको छ ।
टिप्पणीहरू