आर्मी हस्पिटलका डाक्टरले पासो लगाए
नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना चिकित्सकले झुण्डिएर आत्महत्या गरेका छन् । ३२ वर्षे डाक्टर लक्ष्मण गिरी आफ्नै कोठामा झुण्डिएको बताइन्छ ।
डा. गिरी सीतापाइला नजिकै चक्रपथ बाहिर बस्दै आएका थिए । नागार्जुन नगरपालिका ४, शुभकामना टोलमा रहेको कोठाको सिलिङमा उनी झुण्डिएका हुन् ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू