ललितपुरको इमाडोलमा नक्कली नोटको बिटो
प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई पक्रेको छ । ललितपुरको इमाडोलमा बस्दै आएका प्रशान्त डेढ बिटो नक्कली नोटसहित पक्राउ परेका हुुन् ।
मकवानपुरको गढी नगरपालिका १ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जन समातिएका हुन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई आज पक्रेको जनाएको छ ।
प्रहरीले उनको साथबाट पाँच सय दरका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो । नक्कली नोट ८० हजारसहित उनलाई थप अनुसधान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
टिप्पणीहरू